ह्वात्तै बढ्यो सखरको माग
gorkhapatraonline.com · Sat Nov 07 01:20:49 UTC 2026

महोत्तरी, कात्तिक २१ गते । मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व छठमा चढाइने मुख्य प्रसाद सखर (मिट्ठा) ले बनाउनुपर्ने भएको हुँदा बजारमा यसको माग उच्च हुन्छ । तिहारमा पनि घर घरमा बनाइने सेल सखरबाटै बनाउनुपर्ने भएकाले अहिले महोत्तरीमा उखु पेलेर सखर बनाउने चटारो छ ।
छठपर्वमा मुख्य दिनका रूपमा चिनिने खरनामा षष्ठी भगवतीको पूजापाठ र प्रसादका लागि सखरकै खिर बनाएर चढाउने चलन छ । छठका व्रतालुहरूले दिनभर व्रत बसेर साँझपख सखरको खिर, चालमको रोटी, केरा, मुलालगायत परिकार छठीमैयालाई भोग लगाएर प्रसाद ग्रहण गर्ने गर्दछन् । प्रसाद ग्रहणपश्चात् व्रतालु दुई दिनसम्म व्रत बस्ने गर्छन् । यसपालि छठको सँझिया अघ्र्य कात्तिक २९ गते दिइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)