मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

ajakoartha.com · Sat Nov 07 01:22:00 UTC 2026

काठमाडौँ- प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक सुरु हुन्छ । तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । तिहार पर्व कार्तिक कृष्णत्रयोदशी देखि सुरु भई कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ ।

बिहान सूर्योदय कालमा त्रयोदशी भएकोले शास्त्रसम्मत रूपमा आज आइतबार काग तिहार पर्व मनाइन्छ । कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग करायो भनेँ केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै पनि रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)