मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

लेक लाग्ने समस्या रोकथाम तथा उपचारका लागि नयाँ मापदण्ड स्वीकृत

gorkhapatraonline.com · Sat Nov 07 01:31:53 UTC 2026

उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार र आपत्कालीन उद्धारलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गर्दै उच्च उचाइमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही तथा स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षा र उपचार सेवालाई प्रभावकारी बनाउने व्यवस्था गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)