आर्मी मेडिकल कलेजको सिट थप विवादित बनेपछि छानबिन समिति, प्रतिवेदन आएपछि मात्रै म्याचिङ हुने
ratopati.com · Sat Nov 07 01:39:20 UTC 2026

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान (आर्मी मेडिकल कलेज) मा एमबीबीएसको सिट संख्या थप गर्ने निर्णय विवादित बनेपछि सरकारले प्रा. डा. रमेश प्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले पेस गर्ने प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन भएपछि मात्र चिकित्सा शिक्षा साझा प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ प्रक्रिया अघि बढाइनेछ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीले आफू पूर्वप्रिन्सिपल रहेको सेनाको कलेजमा सिट बढाउन आफ्नै श्रीमतीलाई कार्यवाहक निर्देशकको जिम्मेवारी दिएर स्वार्थको द्वन्द्व निम्त्याएको आरोप सार्वजनिक भएपछि निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)