मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहारका लागि पोखरा आइपुगे भेँडाच्याङ्ग्रा

ratopati.com · Sat Nov 07 01:52:03 UTC 2026

पोखरा । तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ ।

मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए । “मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)