मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

arthasansar.com · Sat Nov 07 01:49:52 UTC 2026

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक समितिको बैटकले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमा ३.७० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसाका आधारमा लाभांश वितरण गर्ने निर्णय भएको हो । प्रस्तावित बोनस सेयरको रकम १६ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ । नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको बैंकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)