तिहारका लागि पोखरा आइपुगे ७०० च्याङ्ग्रा
lokaantar.com · Sat Nov 07 02:01:36 UTC 2026

तिहारका लागि मुस्ताङ, डोल्पा र मुगुलगायत हिमाली जिल्लाबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा आइपुगेका छन् ।
पोखरा महानगरपालिका–१ सिमपानीमा बिक्रीका लागि भेँडाच्याङ्ग्रा राखिएको छ । मुस्ताङका व्यापारी पेम्बा छिरिङका अनुसार यस वर्ष तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ । मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० पोखरा ल्याइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)