मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दलित अधिकारका लागि छुट्टै कानुन’

gorkhapatraonline.com · Sat Nov 07 02:14:07 UTC 2026

सुर्खेत, कात्तिक २१ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक सशक्तीकरण र अवसर प्रदानका लागि सरकारले छुट्टै कानुन बनाउन लागेको बताउनुभयो । उहाँले त्यसका लागि सरकारले दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३ ल्याएको र उक्त विधेयकलाई राम्रो बनाउन प्रदेशस्तरमा सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सुर्खेतमा आयोजना गरेको प्रदेशस्तरीय छलफलमा मन्त्री बादीले दलित समुदायले सदियौँदेखि भोग्दै आएको विभेद र अपमानबाट मुक्ति दिलाउनका लागि पनि सरकारले विधेयक ल्याएको दाबी गर्नुभयो । दलितको छुट्टै कानुन नहुँदा उनीहरूको समग्र विकास, हकहित दिलाउन कठिनाइ भएको र अवसरको न्यायोचित वितरण पनि हुन नसकेकाले सरकारले विधेयक ल्याएर दलितको हकहित प्रत्याभूति गराउन सकिने उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)