बाढीले बगाएको बीपी राजमार्ग अब 'डबल लेन' बन्दै- जाइकाले शुरू गर्यो पुनर्निर्माण
lokaantar.com · Sat Nov 07 02:16:54 UTC 2026

काभ्रेपलाञ्चोक प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम शुरू गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँमा सम्झौता भई काम शुरू भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम शुरू गरेको जानकारी दिए । यस्तै, पिप्लेदेखि काभ्रेको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए । उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)