मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थतन्त्र चलायमान बनाउँदै तिहार

annapurnapost.com · Sat Nov 07 02:28:00 UTC 2026

काठमाडौं : उज्यालो र फूलहरूको पर्व तिहार नजिकिएसँगै बजारमा झिलिमिली बत्ती, मिठाई, फूलमाला, फलफूल तथा भाइमसलाको कारोबार बढ्न थालेको छ। घर, पसल, होटल तथा व्यापारिक प्रतिष्ठान सजाउने विद्युतीय बत्तीको माग बढे पनि मूल्यवृद्धि, ढुवानी समस्या र उपभोक्ताको कमजोर क्रयशक्तिका कारण यस वर्षको तिहार बजार अपेक्षाअनुसार उत्साहजनक बन्न सकेको छैन।

तिहारलाई लक्षित गरी व्यवसायीले ठूलो परिमाणमा झिलिमिली बत्ती आयात गरे पनि यस वर्ष आयातको मूल्य बढेको र परिमाण घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँबराबरका २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)