मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजाबास–कञ्चनपुर पुलले जोडिँदै पूर्वी नेपाल र मधेश

gorkhapatraonline.com · Sat Nov 07 03:10:06 UTC 2026

सप्तकोसी नदीमा सुनसरीको राजाबासदेखि सप्तरीको कञ्चनपुर जोड्ने तीन किलोमिटर लामो पुल निर्माणको प्रस्तावित योजना अघि बढाइएको छ । एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा प्रस्तावित पुल निर्माणले पूर्वी नेपाल र मधेश प्रदेशबीचको दूरी घटाउनुका साथै व्यापार, कृषि, पर्यटन र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने बताइएको छ ।

सडक विभागको आयोजना निर्देशनालयका एसियाली विकास बैंक (एडिबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार प्रस्तावित योजनाअन्तर्गत राजाबासबाट सप्तरीको कञ्चनपुरसम्म सडक निर्माण र सप्तकोशी नदीमा पुल बनाउने परिकल्पना गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)