फूलखेतीमा किसानको आकर्षण, स्थानीय माग धान्न सक्षम म्याग्दे
gorkhapatraonline.com · Sat Nov 07 03:34:20 UTC 2026

चाडपर्व, सभा समारोह तथा विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोग हुने फूलका लागि बाहिरको बजारमा निर्भर हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै तनहुँको म्याग्दे गाउँपालिका स्थानीय फूल उत्पादनमा आत्मनिर्भर बनेको छ । गाउँपालिकाले फूलखेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराएर उत्पादन विस्तार गरेपछि स्थानीय माग धान्न सक्ने अवस्था बनेको हो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन र प्लास्टिकका माला प्रयोग निरुत्साहित गर्ने नीति लिएको गाउँपालिकाले तिहार, छठपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र सभा समारोहमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री तथा मखमली फूल प्रयोग गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)