मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक दशकमै दोब्बर पुग्यो पाकिस्तानको बाह्य ऋण, चीनलाई मात्र तिर्नुपर्ने २२ अर्ब डलरभन्दा बढी

lokaantar.com · Sat Nov 07 03:35:00 UTC 2026

विश्व बैंकको ‘इन्टरनेसनल डेप्ट रिपोर्ट २०२६’ अनुसार पाकिस्तानको कुल बाह्य ऋण पछिल्लो एक दशकमा झन्डै दोब्बर पुगेको छ। सन् २०१५ मा ६८ अर्ब ६७ करोड ३० लाख डलर रहेको पाकिस्तानको बाह्य ऋण सन् २०२५ सम्म आइपुग्दा १३५ अर्ब १० करोड ७० लाख डलर पुगेको समाचार संस्था डन ले जनाएको छ।

उक्त कुल बाह्य ऋणमध्ये सार्वजनिक तथा सरकारी जमानीयुक्त ऋण १०७ अर्ब ७ करोड ६० लाख डलर, निजी गैर-जमानी ऋण १७ अर्ब ५८ करोड डलर र अल्पकालीन ऋण १० अर्ब ४५ करोड डलर रहेको छ। सार्वजनिक ऋणतर्फ बहुपक्षीय ऋणदाताहरूलाई ५६ अर्ब ८३ करोड डलर, द्विपक्षीय ऋणदाताहरूलाई ४२ अर्ब ४३ करोड डलर र निजी ऋणदाताहरूलाई ७ अर्ब ८० करोड डलर तिनुपर्ने दायित्व छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)