मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहामा डेढ लाख मूल्यका पटाका नष्ट

ratopati.com · Sat Nov 07 03:40:35 UTC 2026

जनकपुरधाम । सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न समयमा गरेको कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाजन्य पदार्थ नष्ट गरेको जनाएको छ । प्रहरीका अनुसार करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)