सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
kendrabindu.com · Sat Nov 07 03:49:24 UTC 2026

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति ११ बजेर ५० मिनेटमा प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले घरधनी ३४ वर्षीय प्रशान्त शाहीसहित १७ जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)