तिहारलाई भेडाच्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी
khabarhub.com · Sat Nov 07 03:50:54 UTC 2026

पोखरा- तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर व्यापारी पोखरा झरेका छन् । बिक्रीका लागि पोखरा महानगरपालिका–१ सिमपानीमा भेँडाच्याङ्ग्रा राखिएको छ । दसैँको तुलनामा तिहारमा कम सङ्ख्यामा भेँडाच्याङ्ग्रा ल्याउने गरिन्छ ।
मुस्ताङको जोमसोमका व्यापारी पेम्बा छिरिङले तिहारका लागि ७०० च्याङ्ग्रा पोखरा भित्रिएको बताए । ‘मुस्ताङबाट बाहिरिएका एक हजार २०० च्याङ्ग्रामध्ये ५०० काठमाडौँ र ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)