मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

nagariknews.nagariknetwork.com · Sat Nov 07 03:56:12 UTC 2026

प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो। डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए। यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनर्निर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए। उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनर्निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)