मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

barnanmedia.com · Sat Nov 07 04:24:27 UTC 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति ११ बजेर ५० मिनेटमा प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले घरधनी ३४ वर्षीय प्रशान्त शाहीसहित १७ जनालाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)