एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. द्वारा नेपालगञ्जमा JCB AgriMax सार्वजनिक, १० वटा JCB मेसिन ग्राहकलाई हस्तान्तरण
ajakoartha.com · Sat Nov 07 04:39:00 UTC 2026

काठमाडौं- नेपालमा JCB निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले पश्चिम नेपालका ग्राहकहरूका लागि आफ्नो उत्पादनको दायरा विस्तार गर्दै नेपालगञ्जमा JCB AgriMax सार्वजनिक गरेको छ। कम्पनीद्वारा आयोजित “Partner in Progress” कार्यक्रममा उक्त मेसिन सार्वजनिक गरिएको हो। होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) का केन्द्रीय समिति सदस्य श्री टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष श्री लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष श्री विमल के.सी., महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा JCB AgriMax को आधिकारिक अनावरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)