यमपञ्चक : प्रकृतिपूजा एवं भ्रातृ-भगिनी प्रेमको दिव्य पर्व
himalpress.com · Sat Nov 07 04:37:57 UTC 2026

नेपालीहरूको सांस्कृतिक जीवनमा यमपञ्चक (तिहार) को विशिष्ट स्थान छ। घर-आँगनमा दीप-प्रज्वलन गरी अन्धकारलाई प्रकाशले विस्थापित गर्ने, पशुपक्षी तथा प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने र पारिवारिक सम्बन्धलाई प्रेम, सद्भाव तथा आत्मीयताले सिञ्चित गर्ने यस पर्वले नेपाली समाजको मौलिक सांस्कृतिक चेतना र जीवनदर्शनलाई अभिव्यक्त गर्छ। दसैँको उल्लासपछि आउने यो पञ्चदिवसीय पर्वले मानव, पशुपक्षी, प्रकृति र समस्त जीवजगत्का बिचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै सह-अस्तित्व, करुणा, कृतज्ञता र पारस्परिक सद्भावको सन्देश प्रवाह गर्दछ। कार्तिक मासको कृष्णत्रयोदशीदेखि शुक्लद्वितीयासम्म मनाइने यस पर्वका पाँचै दिनका आफ्नै धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्व छन्।
यमपञ्चकको नामकरण र यसको धार्मिक महत्त्व सूर्यपुत्र यमदेव तथा उनकी बहिनी यमुनासँग सम्बन्धित पौराणिक आख्यानमा आधारित छ। पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमदेवलाई आफ्नो घरमा निमन्त्रण गरी पाँच दिनसम्म श्रद्धा र स्नेहपूर्वक सत्कार गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)