मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा

nagariknews.nagariknetwork.com · Sat Nov 07 04:16:40 UTC 2026

पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु प्रमुखको जिम्मेवारी दिइएको छ।

मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा हाइवे उपसमूह राजपत्रांकित द्वितीय र तृतीय श्रेणीका ७९ कर्मचारीको सरुवा गरेको थियो। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार उक्त सरुवा हेर्दा उपसचिवहरूमा फिल्डमा गई डिभिजन प्रमुख या आयोजना प्रमुखको जिम्मेवारी लिनेभन्दा पनि मन्त्रालय, विभाग तथा विभिन्न निर्देशनालयमा गई सकेसम्म कम जिम्मेवारी लिने प्रवृत्ति देखियो। ‘यसबाट सात/सात ठाउँमा शाखा अधिकृतहरूलाई निमित्त या कामु आयोजना प्रमुखको जिम्मेवारी दिनुपर्‍यो। यता मन्त्रालय, विभाग र निर्देशनालयमा उपसचिवहरू खचाखच भएका छन्,’ ती कर्मचारीले भने।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)