मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत

nepalviews.com · Sat Nov 07 04:34:03 UTC 2026

सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पुर्‍याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो ।

वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय परिवार खाद्य संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले समयमै राहत उपलब्ध गराएको जनाएको छ । हिमपातपछि उपल्लो डोल्पाका आन्तरिक नाकाहरू बन्द हुने र बस्तीबीचको आवागमनसमेत प्रभावित हुने भएकाले कात्तिकमै खाद्यान्न पुर्‍याइएको गाउँपालिका अध्यक्ष धावा सन्दुक गुरुङले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)