मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

kendrabindu.com · Sat Nov 07 04:57:34 UTC 2026

हेटौँडा । हिजो राति मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान चतरा सडक खण्डमा पिक अपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । हेटौँडाबाट सिन्धुलीमा तरकारी लिएर गइरहेको बा.प्र. ०१(०२८ च १७४७ नम्बरको पिकअप बोलेरो गाडी र सिन्धुलीबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ का २७ वर्षीय सुदिप पाण्डे घाइते भएपछि हेटौँडाको चुरेहिल अस्पतालमा पठाइएकामा राति २१ः३५ बजे डाक्टरले मृत घोषणा गरेका हुन् । प्रहरीले पिकअप गाडी र चालक सिन्धुली, कमलमाई–३ का ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)