नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
ajakoartha.com · Sat Nov 07 04:58:00 UTC 2026

काठमाडौं- टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्नु यस अभियानको उद्देश्य हो।
नेपाल पर्यटन बोर्डसँगको यो सहकार्यले टिकटकको प्रतिबद्धता अनुरुप पर्यटन प्रवर्द्धन, स्थानीय कलाकर्मीको सशक्तीकरण तथा स्थानीय समुदाय र व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्न डिजिटल प्लेटफर्मको उपयोग गर्ने र नेपालको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)