जाइकाले सुरु गर्यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण
kendrabindu.com · Sat Nov 07 05:11:35 UTC 2026

धुलिखेल । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनर्निर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)