मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मीपूजामा विद्युतको आपूर्ति झण्डै दोब्बर

nepallive.com · Sat Nov 07 05:06:53 UTC 2026

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ ।

मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन् । आन्तरिक उत्पादनले नै तिहारको माग धान्न पर्याप्त हुने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)