पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्छ : प्रमुख देवकोटा
gorkhapatraonline.com · Sat Nov 07 03:42:49 UTC 2026

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्वहरूले आपसी सद्भाव र एकता सुदृढ पार्ने बताउनुभएको छ। भाइटीका, नेपाल संवत् एवं छठ पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
प्रदेश प्रमुख देवकोटाले नेपाल संवत् ११४७, भाइटीका तथा छठ पर्वको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्नुहुँदै दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, ऐश्वर्य र प्रगतिको कामना गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)