गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
gorkhapatraonline.com · Sat Nov 07 04:06:38 UTC 2026

गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८, माथिल्लो खोलखोलेस्थित गैरी चौतारामा ग. प्र. ०३–००१ प ०८१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा भीमसेन थापा गाउँपालिका–१, मसेलका ३० वर्षीय महेश बानियाँको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)