मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च लेकका खर्कबाट घरआँगनमा झारिए याकचौरी

gorkhapatraonline.com · Sat Nov 07 05:34:04 UTC 2026

जाडोयाम सुरु भएसँगै मुस्ताङका उच्च चरन क्षेत्रबाट याकचौँरीका गोठ न्यानो स्थानको खोजीमा बेँसी झार्न थालिएको छ । उच्च लेकमा हिमपात हुन थालेपछि घाँस र पानीका मुहानमा कमी आउनुका साथै चिसो बढेकाले पशुचौपायालाई तल्लो भेगका खर्क तथा बस्ती नजिकका गोठमा सार्न थालिएको हो ।

मुस्ताङको थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रअन्तर्गत निलगिरि हिमालको फेदीमा रहेको मार्चे, धौलागिरि हिमालको फेदीमा रहेको मूलिखर्क र बतासे खर्कका घुम्ती गोठ खाली हुन थालेको चौरीपालक कृषक सोजन हिराचनले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)