नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !
ratopati.com · Sat Nov 07 05:47:31 UTC 2026

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बहुप्रतीक्षित ‘नेपाल हाउस’ निर्माण परियोजना विवादमा परेको छ । जापानमा रहेका नेपालीबाट करोडौँ रुपैयाँ संकलन गरेर अघि बढाइएको परियोजनाका लागि खरिद प्रक्रिया अघि बढाइएको जग्गा चिहानघाट निर्माण प्रयोजनको रहेको पाइएपछि विवाद भएको हो ।
नेपाल हाउसका लागि जग्गा खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै प्रश्न उठेपछि गत अक्टोबर ४ मा दीपक कँडेलको संयोजकत्वमा ११ सदस्यीय छानबिन तथा अनुगमन समिति गठन गरिएको थियो । जापानी सरकारी निकाय, कानुन व्यवसायी, घरजग्गा कारोबारका विशेषज्ञ तथा सरोकारवालासँगको छलफल र स्थलगत अध्ययनपछि समितिले प्रतिवेदन तयार गरेर एनआरएनए जापानलाई हस्तान्तरण गरिसकेको छ । छानबिन समितिको प्रतिवेदनले जग्गाको कानुनी स्वामित्व नै नभएको कम्पनीलाई एनआरएनए जापानले साढे ४ करोड जापानी येन बैना बुझाइसकेको तथ्य बाहिर ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)