मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठमेल पर्यटन परिषद्‌द्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ratopati.com · Sat Nov 07 05:52:07 UTC 2026

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आज काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।

परिषद्ले आज ठमेलमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)