मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा बुझ्नुपर्छ : प्रधानमन्त्री

himalpress.com · Sat Nov 07 05:58:11 UTC 2026

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले तिहारको शुभकामना दिएका छन्। उनले चाडपर्वहरूको पशुपन्छीसँगको आत्मीयताको पाटो सुन्दर रहेको जनाएका छन्। ‘यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना आज हामी यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्छौँ। घरको आँगनमा काग कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै खबरको प्रतीक्षा गर्ने र ‘काकेन दधि भक्षितम्’ भन्दै दही–भात दिएर यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने कामना गर्ने प्रचलन छ। आधुनिक सञ्चार नभएको प्राचीन कालमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो। ’

उनले थप लेखेका छन्, ‘यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्परा पनि छ। हाम्रो संस्कृतिले यमराजलाई डरको रूपमा मात्रै होइन, न्यायको प्रतीकका रूपमा पनि बुझाएको छ। यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास गरिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)