मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई प्रतिस्पर्धामा आफ्नै क्षमता र रणनीति बनाउन नेपाललाई राष्ट्रसंघीय विज्ञ हार्टको सुझाव

nepalpress.com · Sat Nov 07 06:07:15 UTC 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्टले एआई प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा नेपालले आफ्नो स्थान बनाउन प्रविधिमा परनिर्भरता घटाउँदै स्वदेशी क्षमता विकास र डिजिटल सार्वभौमिकतामा जोड दिनुपर्ने बताएका छन् ।

शनिबार राजधानीको होटल हिमालयमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा प्रमुख वक्ताका रूपमा बोल्दै हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकका लागि उपलब्ध अवसर, रणनीतिक सम्भावना र चुनौतीबारे धारणा राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)