मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

canadanepal.com · Sat Nov 07 06:09:00 UTC 2026

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । प्राधिकरणले उक्त माग धान्न आन्तरिक उत्पादनबाटै पर्याप्त विद्युत् उपलब्ध हुने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाका दिन विद्युत् उत्पादन करिब दुई हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा कुनै समस्या नहुने उनले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)