सजिएको धनकुटा : घरमा ढकमक्क फूल, पाखामा पहेँलपुर सुन्तला
himalpress.com · Sat Nov 07 06:27:47 UTC 2026

धनकुटा- धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।
फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्याउने चटारोमा छन्। तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूलखेती गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)