जग्गा प्रकरणबारे प्रश्न उठेपछि प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण : ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’
ratopati.com · Sat Nov 07 06:48:09 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने बताएका छन् । आफ्नो जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि आफू न्यायाधीश नियुक्त हुँदैमा उक्त मुद्दा प्रभावित नहुने उनको दाबी छ ।
शनिबार संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै पाण्डेले कुनै पनि न्यायाधीशले आफ्नो करिअर दाउमा राखेर कसैको प्रभावमा फैसला नगर्ने बताए । उनले जग्गासम्बन्धी मुद्दामा आफ्नो परिवारले विशेष अदालतबाट सफाइ पाइसकेको पनि जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)