मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रामायण : तेस्रो दिन एडभान्स बुकिङबाटै ४७ करोड कलेक्सन

ratopati.com · Sat Nov 07 06:59:25 UTC 2026

काठमाडौँ । रणवीर कपुर र यश स्टारर बहुप्रतिक्षित पौराणिक चलचित्र ‘रामायण’ले प्रदर्शनको तेस्रो दिनका लागि अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) मा आक्रामक व्यापार गरेको छ। बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै फिल्मले तेस्रो दिनका लागि मात्रै ४७ करोड ५ लाख भारतीय रुपैयाँ (ग्रस) को अग्रिम व्यापार गरेको हो।

तथ्यांक अनुसार फिल्मले २२ हजार ५ सय ७२ शोका लागि हालसम्म १२ लाख १९ हजार ९ सय २४ थान टिकट बिक्री गरिसकेको छ। राज्यस्तरीय तथ्याङ्क अनुसार महाराष्ट्रमा सबैभन्दा बढी ९ करोड ८१ लाख रुपैयाँ (१ लाख ७९ हजार ७ सय टिकट) को अग्रिम बिक्री भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)