के खानपान र व्यायामबाट टाइप–२ मधुमेह निको पार्न सकिन्छ ? नयाँ अध्ययनले देखायो यस्तो नतिजा
ratopati.com · Sat Nov 07 07:13:41 UTC 2026

अध्ययनमा १८ देखि ४५ वर्ष उमेर समूहका ९६ जना वयस्क सहभागी थिए । उनीहरू सबै मोटोपनको समस्याबाट ग्रसित थिए र पछिल्लो छ वर्षभित्र टाइप–२ मधुमेह भएको पत्ता लागेको थियो । सहभागीहरूको औसत उमेर करिब ३८ वर्ष थियो भने उनीहरूमा औसत दुई वर्षभन्दा केही बढी समयदेखि मधुमेह थियो । क्यानडा र बेलायतका अनुसन्धान केन्द्रमा यो सानो स्तरको क्लिनिकल परीक्षण गरिएको थियो ।
हाल टाइप–२ मधुमेहबाट प्रभावित हुनेको संख्या बढिरहेको छ भने कम उमेरका वयस्कमा समेत यो रोग देखिने क्रम आकासिदो छ । समयमै उपचार नभएमा उनीहरूले हृदयरोग र मिर्गौला फेल हुनेजस्ता जटिलताको जोखिम लामो समयसम्म बेहोर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)