कांग्रेस नेता बिष्टको आग्रह- पार्टीको गुमेको साख फर्किने गरी काम गरौं
nepalsamaya.com · Sat Nov 07 06:55:00 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द बिष्टले पार्टीको गुमेको साख फर्किने गरी काम गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र कैलाली-४ ले शुक्रबार दसैँ, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेता बिष्टले निराश नभएर पार्टीको गुमेको साख फर्किने गरी काम गर्न नेताकार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
'कैलाली-४ मा पार्टीका नेताकार्यकर्तामा जुन एकता देखिएको छ, यसले मलाई निकै खुसी तुल्याएको छ। पार्टी महाधिवेशनका क्रममा देखिएको एकताले आगामी स्थानीय र प्रदेश निर्वाचनमा हाम्रो प्रभावशाली उपस्थिति रहेमा म विश्वस्त छु,' उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)