मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान

ratopati.com · Sat Nov 07 07:31:07 UTC 2026

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन शनिबार तुर्किए प्रस्थान गरेका छन् ।

तुर्किएस्थित आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई मन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ । उनले नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)