न्यायाधीशको काम कारबाहीमाथि पनि निगरानी हुनुपर्छ : प्रस्तावित न्यायाधीश डाँगी
ratopati.com · Sat Nov 07 07:46:54 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले न्यायपालिकामा सुशासन कायम गर्न न्यायाधीशको कामकारबाही माथि समेत प्रभावकारी निगरानी हुनुपर्ने बताएका छन् । शनिबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको दिनचर्या, कार्यशैली र सेवाग्राहीसँगको व्यवहारको अनुगमन आवश्यक रहेको बताए ।
न्यायाधीशले आफूलाई ठूलो व्यक्ति ठानेर सेवाग्राहीसँग व्यवहार गर्न नहुने भन्दै उनले न्यायाधीश र कर्मचारी दुवै सेवाग्राहीमैत्री हुनुपर्नेमा जोड दिए । न्यायिक सुशासनका लागि न्यायाधीशले पहिले आफैँ आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)