मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज कार्यालयको स्थापना
nepalviews.com · Sat Nov 07 07:46:51 UTC 2026

मुगु । मुगुम कार्मारोङ गाउँपालिका–५ पुलुमा छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरिएको छ । वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले निकुञ्ज कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ २३ गतेको निर्णयअनुसार छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने प्रक्रिया अघि बढाइएको थियो । वन तथा वातावरण मन्त्रालयले २०८२ असोज २३ गते राजपत्रमा सूचना प्रकाशित गरेपछि निकुञ्ज स्थापनाले औपचारिकता पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)