मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा

nepallive.com · Sat Nov 07 08:02:01 UTC 2026

काठमाडौं– वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिन्छ । धार्मिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा भगवान् धनवन्तरी अमृतको घडा, शङ्ख, चक्र र जडीबुटीसहित प्रकट भएका थिए । सोही दिनको सम्झनामा धनवन्तरी जयन्ती मनाउने परम्परा रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)