मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश रोक्न राष्ट्रपति भेटेका पत्रकारमाथि राजीव खत्रीको कटाक्ष- ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता’

barnanmedia.com · Sat Nov 07 08:13:34 UTC 2026

काठमाडौं । सरकारको प्रस्तावित अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने पत्रकारहरूको रास्वपा सांसद राजीव खत्रीले आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा निष्पक्ष पत्रकारिता गर्नेहरूलाई अध्यादेश रोक्न राष्ट्रपतिसमक्ष जानुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन्।

खत्रीले वीरेन्द्र जैरु, युवराज कँडेल र अपिल त्रिपाठीलगायत पत्रकारको नाम लिँदै उनीहरूलाई प्रस्तावित अध्यादेशले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्छ भन्ने नलागेको हुन सक्ने बताए। सञ्चारमाध्यमलाई व्यवस्थित र मर्यादित बनाउने प्रयासलाई निरंकुशता भन्नु विरोधाभासपूर्ण भएको उनको तर्क छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)