लेनिन खोजिरहेको युरोप
ratopati.com · Sat Nov 07 08:15:00 UTC 2026

हिजोआज युरोपका सडकहरुमा असन्तोषका अनेक रूप देखिन थालेका छन् । फ्रान्समा विद्यालयको अवस्था र शिक्षामा देखिएको असमानताविरुद्ध विद्यार्थीहरु सडकमा उत्रिएका छन् । स्पेन र पोर्चुगलमा आवासको बढ्दो मूल्य र महँगीविरुद्ध युवा तथा सर्वसाधारण सडकमा आएका छन् । इटालीमा जीवनयापनको खर्च र सैन्य खर्चविरुद्ध प्रदर्शन भएका छन् । सर्बियामा भ्रष्टाचारविरुद्धको आन्दोलन निर्वाचनसम्म पुगेको छ भने अल्बानियामा सत्ताको जवाफदेहिताको प्रश्न उठेको छ ।
यी आन्दोलनका तत्कालीन कारण र स्वरूप फरक छन् । तर तिनको पृष्ठभूमिमा एउटा साझा प्रश्न छ । लामो समयदेखि समृद्धि, सामाजिक सुरक्षा र लोकतान्त्रिक स्थिरताको नमुना मानिएका युरोपका सडकहरु यतिबेला किन तातिरहेका छन् आफ्नै व्यवस्थाप्रति ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)