जन्मजात दृष्टिबिहीन रजिता : १२ वर्षदेखि सबैलाई सिकाउँदै उज्यालो यात्रा
nepalpress.com · Sat Nov 07 08:22:41 UTC 2026

रुपन्देही । आँखाले संसार देख्न नसक्दैमा सपना देख्न छाड्नुपर्छ भन्ने छैन । बाटो स्पष्ट नदेखिँदैमा गन्तव्य भेटिँदैन भन्ने पनि होइन । आत्मविश्वास, निरन्तरको प्रयास र अवसर प्राप्त भयो भने शारीरिक अवस्थाले मानिसको क्षमता र सम्भावनालाई रोक्न सक्दैन भन्ने उदाहरण हुन्, बुटवलकी रजिता रेग्मी ।
जन्मजात दृष्टिविहीन रजिताका लागि जीवनको सुरुवाती यात्रा अरूका तुलनामा सहज थिएन । गर्भावस्थामा औषधिको गलत प्रयोगका कारण दृष्टिसम्बन्धी अपाङ्गता भएको उनी बताउँछिन् । तर आँखाले संसार देख्न नसक्ने अवस्थालाई उनले आफ्नो सपना पूरा गर्ने बाधक बन्न दिइनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)