मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
ratopati.com · Sat Nov 07 08:24:02 UTC 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ ।
एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनेछन् । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बनेकी छन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उनले बिहीबार राति नै राजीनामा दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)