कोप-३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
reportersnepal.com · Sat Nov 07 08:39:27 UTC 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी विषयमा टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१)मा उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन् ।
सम्मेलनअन्तर्गत सन् २०२६ नोभेम्बर ९ गते बिहान नेपाल पेभिलियनमा ‘जलवायु कार्ययोजनाको केन्द्रमा स्वास्थ्य स् एक विश्वव्यापी दृष्टिकोण’ विषयक छलफल आयोजना हुँदैछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, इपास नेपाल र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा आयोजना हुने उक्त कार्यक्रममा मन्त्री मेहता सत्र अध्यक्षका रूपमा सहभागी हुनेछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)