मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

ratopati.com · Sat Nov 07 08:48:05 UTC 2026

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा.विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा उच्च पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत बैंकका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)