सर्वोच्चमा प्रस्तावित न्यायाधीश पाण्डेलाई स्वार्थको द्वन्द्व व्यवस्थापनको प्रश्न
baahrakhari.com · Sat Nov 07 08:44:00 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका निम्ति प्रस्तावित जनक पाण्डेको न्यायिक निष्पक्षता र विगतका फैसलामाथि संसदीय सुनुवाइ समितिमा प्रश्न उठाइएको छ ।
शनिबार (कात्तिक २१) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले स्वार्थको द्वन्द्व हुन सक्ने विषयमा स्पष्ट जवाफ माग गरेका हुन् । पुनले पाण्डेकी श्रीमतीको सरकारी जग्गा कब्जासम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)